आजदेखि चीनको उत्तरतर्फका सबै नाका संचालन हुने


काठमाडौं । लामो समयदेखि बन्द रहेको चीनको उत्तरतर्फका नाकाहरु आजदेखि संचालन हुने भएका छन् ।

भूकम्पका कारण बन्द भएको मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाकासहित अन्य चिनिया नाकाहरू पनि सोमबारदेखि खुला हुने भएको हो ।

आजदेखि मुस्ताङको कोरला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला र डोल्पाको उत्तरी नाका खुल्ने उद्योग तथा वाणिाज्य मन्त्रालयले जनाएको छ ।

चैतमा भएको छलफलपछि चीन सबै नाकाहरु खोल्न सहमत भएको मन्त्रालयले जनाएको छ । मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो ।