मरिन ब्लू रंगको टीभीएस एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक


काठमाडौँ । टीभीएस स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आज (सोमबार) टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लू रंगमा सार्वजनिक गरेको छ ।

टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरिन ब्लू कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ । कालो, मेटालिक ब्ल्याक र मेटालिक निलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउने कम्पनीको भनाइ छ ।

पोखरामा आयोजित “निर्भयाज वुमन इन कन्सर्ट” मा उक्त स्कुटर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । कन्सर्टमा फ्लेम ब्यान्डबाट मेघा श्रेष्ठ, द ड्रिमर्जको साथै ख्यातिप्राप्त सांगीतिक समूह अभया एन्ड द स्टिम एन्जन्स लगायतको प्रस्तुति रहेको थियो । सोही कार्यक्रमको स्टेजमै स्कुटर अनवरण गरिएको थियो भने पछि साेरुममा पनि स्कुटर सार्वजनिक गरिएको थियो ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपालमा टीभीएस एनटर्क आरटी–एफआई १२५ रेस एडिसन मरिन ब्लू रंगमा सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । स्मार्ट स्कूटर आरटी–एफआईको समावेश एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको भन्दै उनले यो प्रक्षेपणको साथ युवा ग्राहकहरूका लागि उत्कृषट अनुभव सिर्जना गर्न प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा कार्यकारी निर्देशक अखिल गुप्ताले टीभीएस एनटर्क आरटी–एफआई १२५ ले युवावर्गको लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको बताए ।

कम्पनीका अनुसार मरिन ब्लू रंगमा उपलब्ध नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । यो पोखराको बतास ब्रदर्स प्रालिमा उपलब्ध रहेको छ ।