आर्थिक वृद्धिदर २.१६ प्रतिशत मा खुम्चिने


काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ मा खुम्चिने देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले तेस्रो त्रैमाससम्मको यथार्थ गणना तथा चौथो त्रैमासिक अनुमानित आर्थिक क्रियाकलापलाई आधारमा मानेर तय गरेको तथ्याङ्कले आर्थिक वर्ष २०७९ /०८० मा आर्थिक वृद्धीदर २.१६ प्रतिशत मात्रै हुने देखिएको हो ।

सरकारले बजेट मार्फत चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो ।

चालु वर्षको पहिलो त्रैमास १.७ प्रतिशतको रहेको आर्थिक वृद्धिदर दोस्रो त्रैमासमा ऋणात्मक १.१ प्रतिशतमा पुगेको छ ।