पोको एक्स ५ प्रो ५जी दराजमा


काठमाडौंँ । पोकोले नेपालमा पोको एक्स५ प्रो ५जी लन्च गरेको छ । वैशाख २८ गते बाट बजारमा उपलब्ध हुने यो फोन दराजमा लन्च हुने जनाइएको छ ।

यो फोन वैशाख २२ देखि वैशाख २७ गतेसम्म दराजमा प्रि–बुकिङको लागि खुल्ला रहेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यस मिड–रेन्ज एक्स सिरिजमा ५०००एमएएच ब्याट्री, ६७वाट फास्ट चार्जिङ र नवीनतम प्रविधि समावेश गरिएको छ ।

पोको एक्स५ प्रो फाइभ जी ६.६७ फ्लो एमोलेड स्क्रिनको साथ तयार गरिएको छ । फ्लो एमोलेड फिचर भएको पहिलो एक्स सिरिज फोन हो । एक्स सिरिज स्मार्ट फोनको रूपमा यो ७.९ एमएम बडी भएको स्मार्टफोन हो ।

कम्पनीका अनुसार जेन जेडको गति र प्रतिक्रियाशील प्रविधिको अपेक्षा पूरा गर्न इन्जिनियर गरिएको पोको एक्स ५ प्रो ५ जी स्नापड्रागन ७७८जी क्यामेरा प्रोसेसिंग सिस्टमको साथमा अघिल्लो पुस्ताका फोनहरू भन्दा छिटो छ ।

फ्ल्यागशिप–स्तरको १०८ एमपी सेन्सरले प्रोफेसनल–स्तरको फोटोग्राफी प्रदान गर्दै अल्ट्रा–हाई रिजोल्युसन मात्र नभई अँध्यारोमा हरेक डिटेल र कलरहरू कैद गर्ने जनाइएको छ ।

कम्पनीका अनुसार यो फोन निलो, कालो, र पहेंलो रंगहरूमा उपलब्ध छ । ६जीबी+१२८ जीबी र ८ जीबी + २५६ जीबी गरि दुइवटा स्टोरेज भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसको मूल्य क्रमशः रु. ३९,९९९ र रु. ४२,९९९रहेको छ । यो फोन वैशाख २२ देखि वैशाख २७ सम्म दराजमा यसको प्रि–बुकिङको लागि खुल्ला हुनेछ । वैशाख २८ गते बाट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।