यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


काठमाडौँ । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ ।

यूनिटेक हाइड्रोपावरले रु. १०० अंकित दरका रु.३६ करोड ६७ लाख रकम बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ । कम्पनीले ९० प्रतिशत भन्दा बढि काम सम्पन्न गरिसकेको जनाएको छ ।