यूनाइटेड र अजोड इन्स्योरेन्स एक आपसमा मर्ज हुने


काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. र अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएको छ ।

२०८० साल बैशाख २५ गते बसेको विशेष साधारण सभाबाट यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लि. एक आपसमा मर्जर सम्बन्धी प्रस्ताव पारित भएको हो । मर्जर पश्चात कम्पनीको नाम “यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरिएको जनाइएको छ ।

कम्पनीको शेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी मर्जर हुने जनाइएको छ । दुई कम्पनी गाभिएपछि कम्पनीको केन्द्रिय कार्यालय बागमती प्रदेश काठमाण्डौँ महानगरपालिका वडा नं. ११, सुन्धारामा रहने छ ।