राष्ट्र बैंकले बैंकदर घटायो


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर १ अंकले घटाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नीतिगत दर यथावत राखेर बैंकदर घटाएको हो ।

राष्ट्र बैंकले ८.५ प्रतिशत रहेको बैंकदर १ अंकले घटाएर ७.५ प्रतिशत कायम गरेको छ । नीतिगत दर भने ७ प्रतिशतमा यथावत रहेको राष्ट्र बैंकले जनाएको छ ।

“मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुकोसम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै बैंकदरलाई ७.५ प्रतिशत कायम गरिएको छ,” राष्ट्र बैंकले उल्लेख गरेको छ ।