काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनामा मोबाइल बैंकिङ मार्फत २ खर्बभन्दा बढिको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७९/८० को चैत महिनासम्म २ करोड ५७ लाख ३५ हजार ७५ पटक मोबाइल बैंकिङमार्फत २ खर्ब ७ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को चैतमसान्तसम्म १ खर्ब १५ अर्ब ३९ करोड ८० लाख रुपैयाँ बराबरको थियो । मोबाइल बैंकिङ् ग्राहकको संख्या २ करोड ४ लाख ३४ हजार ३१ जना पुगेको छ ।
वालेट मार्फत १ करोड ८६ लाख ६७ हजार १३९ पटकमा १९ अर्ब ९२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को चैतमसान्तसम्म १५ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस्तै, चालू आर्थिक वर्षको चैत मसान्तसम्म वालेट प्रयोगकर्ताको संख्या १ करोड ७५ लाख ६० हजार २५३ पुगेको छ ।
क्यूआर मार्फत आर्थिक वर्ष २०७९/८० को चैतमसान्तसम्म ७६ लाख ४४ हजार ७९१ पटकमा २२ अर्ब ८९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्