घरजग्गालाई अनुत्पादक भन्दा सरकारकाे लक्ष्य अनुसारको राजस्व उठेन: पूर्वअध्यक्ष श्रेष्ठ


काठमाडौँ । सरकारले घरजग्गालाई अनुत्पादक भन्दा लक्ष्य अनुसारको राजस्व नउठेकाे नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले बताए ।

मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, शहरी विकास मन्त्रालय र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा मुलुकको आर्थिक वृद्धिमामा घर जग्गा क्षेत्रको सम्भावना नामक एक दिवसीय गोष्ठिमा बोल्दै श्रेष्ठले सरकारले लामो समय जग्गाको कत्ताकाट रोक्दा राजस्वमा कमी आउनुका साथै यसलाई अनुतपादक क्षेत्र भन्दा नै अर्थतन्त्रमा मन्दी देखिएको बताएका हुन् ।

श्रेष्ठले वर्तमान समयमा घरजग्गा व्यवसाय ९९ प्रतिशत नै अनौपचारिक रूपमा भइरहेको बताए । उनले भने, “केही दलालहरूले घरजग्गा व्यवासाय अनौपचारिक रूपले गर्दा देशले करोडौँ राजश्व गुमाउनु परेको छ । त्यसकारण यसमा लाईसेन्स वितरण गरेर औपचारिक रुपमा यो व्यवासाय संचालन गर्नुपर्छ ।’’

“जग्गाको मूल्यांकन १ करोड हुने ठाउँमा सरकारको १० लाख रुपैयाँ आना छ । सरकारले राजस्व ५ प्रतिशतबाट २ मा झार्ने र जग्गाको मूल्यांकन २ गुणा बढाउँदा सरकारलाई फाइदा हुन्थ्यो “, श्रेष्ठले भने ।