नीति तथा कार्यक्रम: २०८० को दशकलाई भ्रमण दशक मनाइने


काठमाडौँ । सरकारले २०८० को दशकलाई भ्रमण दशक मनाउने घोषणा गरेको छ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति रामचन्द्र पौडेलले सन् २०२५ लाई पर्यटन प्रवर्द्धन वर्षका रूपमा घोषणा गरेका हुन् ।

हवाइ क्षेत्रलाई सुरक्षित बनाउने, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्ने सरकारको योजना रहेको छ ।