मुख्य सचिवमा डा. बैकुण्ठ अर्याल नियुक्त, वैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार


काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डा.अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको छ । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।

अवकाशमा जानु एक दिन अगाडी अर्याललाई मन्त्रिपरिषद्ले मुख्यमन्त्रिमा नियुक्त गरेको हो । शुक्रवारबाट अनिवार्य अवकाशमा अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् ।