आइएमई पेको मोबाईल रिचार्जमा ५% सम्म क्यासब्याकको निरन्तरता


काठमाडौँ । ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।

आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने छन् ।