पीडित लेनदेन संघर्ष समितिद्वारा माइतिघरमा विरोध प्रदर्शन (फाेटाेफिचर)


काठमाडौँ । सरकारले ल्याएको मिटरब्याजी विरुद्धको नीतिले लगानी डुबेको भन्दै साहुहरु मंगलबार काठमाडौँ आएका छन् । सरकारले ल्याउन लागेको कानुन खारेज गर्न उनीहरुले माग गरेका छन् ।

सरकारले लागू गरेको यो व्यवस्थाले आफूहरुले लगानी गरेको पैसा डुबेको भन्दै धनुषा, महोत्तरी,पर्सा, रौतहट, सर्लाही, सप्तरी, बारा तथा सिराह लगायत जिल्लाबाट सयौँको संख्यामा साहुहरु काठमाडौं आइपुगेका छन् ।

”पीडित लेनदेन संघर्ष समिति” ले विराेध कार्यक्रम आयाेजना गरेकाे हाे । उनीहरूले विरोध कार्यक्रममा २०८० सालको अध्यादेश कानुन खारेज गर, मिटरब्याजी विरुद्धका उजुरीहरु विना प्रमाण दर्ता गर्न बन्द गर्नुपर्ने, आफूले लगानी गरेको सावाँ र ब्याज उपलब्ध गराइनुपर्ने, अदालतमा तमसुक दर्ता गर्ने काम जारी राखौं, कानुन बमोजिम गरेको लगानी कानुन बमोजिम फिर्ता गरियोस्, लेनदेन कारोवार सहज गर, जस्ता प्लेकार्ड बाेकेका छन् । आफ्नो माग पुरा नभए आन्दोलन जारिरहने उनीहरुले बाताएका छन् ।

शब्द/तस्बिरः पुष्पा पाल

भिडियाे सामाग्रीः