चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएको जस्तो लाग्छ : मन्त्री किराँती


काठमाडौँ । मन्त्री किराँतीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएको जस्तो लाग्ने गरेको बताएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएको जस्तो लाग्ने भन्दै सम्बन्धलाई अझै बिस्तार र सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री किराँतीले चार्टड उडानबारे उल्लेख गर्दै शुरुवात गर्नु धेरै ठूलो कुरा भएको र यो भन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु भएको बताए ।

मन्त्री किराँतीले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सीमाना भएको पनि बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरु गर्नु पहिलो कदम भएपनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे ।

उनले भने,“यो लामो यात्राको पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभुति भएको छ । सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सीमाना पनि हो । यो भन्दा अग्लो सीमाना दुनियाँमा कतै छैन । तर अनौठो कुरा यो प्राकृतिक सीमाना जति अग्लो छ । त्यो भन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ ।”