घट्यो हवाई भाडा, कहाँ जान कति शुल्क ? (सूचीसहित)


काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाइ भाडादर घटेको छ ।

नागरिक उड्डयन प्राधिकरणले आजैबाट लागू हुनेगरी हवाई भाडा दरमा सोहीअनुसार नयाँ फ्युल सरचार्ज लागू गरेको जनाएको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी हवाइ इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटेको थियो । योसँगै नयाँ बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले घटेर १५१ रुपैयाँ कायम गरिएको थियो । यो सँगै प्राधिकरणले पनि आजैबाट हवाइभाडा दर घटेको जनाएको छ ।

प्राधिकरणले जारी गरेको नयाँ फ्यूल सर्जाइकल मूल्य सूचीअनुसार अब सुर्खेत चौरजहारीको भाडा ७५ रुपैयाँले घटेको छ । काठमाडौ रुकुमको २९५ रुपैयाँ भाडा घटेको छ । नेपालगंज सिमिकोटको भाटा २ सय रुपैयाँले घटेको छ ।

त्यस्तै सबैभन्दा बढी काठमाडौँ–धनगढीको ४४५ रुपैयाँले सस्तिएको छ । योसँगै काठमाडौँ–धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ । यसअघि यस गन्तव्यको फ्यूल सर्जाइकल चार्ज ७ हजार ७० रुपैयाँ रहेको थियो भने सबैभन्दा कम काठमाडौँ–सिमराको फ्यूल सर्जाइकल चार्ज ९० रुपैयाँले घट्न पुगेको छ ।