आइपीओ निष्काशनको तयारीमा श्रीनगर एग्रिटेक इन्डष्ट्रीज, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त


काठमाडौ. । श्रीनगर एग्रिटेक इन्डष्ट्रीज लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको प्रक्रिया सुरु गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैैकिंङ लिमिटेडसँग सम्झौता गरेको छ ।

श्रीनगर एग्रीटेकको तर्फबाट प्रबन्ध निर्देशक सतीश चन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनको कार्य गर्ने, कम्पनीलाई एक सूचिकृत कम्पनी बनाउने र आवश्यक पूँजीको उपलब्धता जस्ता समन्वयकारी/सहयोगी भुमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता भएको कम्पनीले जनाएको छ ।

सम्झौतामा नबिल इन्भेष्टमेन्टले श्रीनगर एग्रिटेकलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सार्वजनिक निष्काशनका लागि अनुमति माग गरिने कम्पनीले जनाएको छ ।

श्रीनगर एग्रिटेक इन्डष्ट्रीज लिमिटेडले विगत दुई दशक देखि कृषिजन्य उद्योग तथा उत्पादनको क्षेत्रमा कार्यगर्दै आएको छ । कृषि क्षेत्र मार्फत अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले सन् २००२ मा स्थापना भएको यस श्रीनगर एग्राीटेक ईन्डष्ट्रीज लिमिटेडले हाल ३०० भन्दा बढी व्यक्तिहरूलाई रोजगार दिनुका साथै ५,००० भन्दा बढी कृषकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडेको छ ।