ललितपुर महानगरपालिकाले ल्यायो ६ अर्ब ५० करोड रुपैयाँको बजेट


काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ ।

आइतबार महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

उपप्रमुख शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट आएको हो ।