काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपिएलको उपाधि जितेको हो।
लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। सुदूरपश्चिमका जर्ज मुन्सेले ५४ बलमा अविजित १ सय २५ रन बनाए। विनोद भण्डारी ३० रनमा अविजित रहे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ तथा कप्तान रोहितकुमार पौडेलले ३० रन बनाए।
सुदूरपश्चिम लगातार तेस्रोपटक एनपिएलको फाइनलमा पुगेको थियो। यसअघि पहिलो र दोस्रो संस्करणको फाइनलमा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो। दोस्रो संस्करणको फाइनलमा भने लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो।




तस्बिर : नेपाल फोटो सर्भिस (एनपिएस)


प्रतिक्रिया दिनुहोस्