कास्कीको अन्नपूर्ण गाउँपालिकाको बजेट ५८ करोड ७८ लाख


काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५८ करोड ७८ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले आर्थिक वर्ष २०८०८१ को लागि आउँदो वर्षको बजेटमा चालुतर्फ ४० करोड ५३ लाख र पुँजीगततर्फ १८ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको बताइन् ।

चालु आर्थिक वर्षमा ६८ करोड ६५ लाख रुपैेयाँको बजेट ल्याएको अन्नपूर्णले आउँदो वर्षका लागि १० करोड रुपैयाँ कमको बजेट ल्याएको छ । अन्नपूर्णले भौतिक पूर्वाधार निर्माण केन्द्रित बजेट ल्याएको छ ।

अन्नपूर्णले सडक तथा पुल सिँचाइ भवन तथा सहरी विकास ऊर्जा लघु तथा साना जलविधुत सञ्चारसहितका पूर्वाधार विकास आयोजनाका लागि ५ करोड २८ लाख छुट्याएको छ । वडास्तरीय पूर्वाधार संरचना निर्माण गर्न ११ वटै वडाहरुका लागि १ करोड ७७ लाख वजेट विनियोजन भएको छ ।