प्रमुख कृषि बालीले ढाकेको भू-क्षेत्र २.१ प्रतिशतले घटेपनि उत्पादन बढ्यो


काठमाडौँ । प्रमुख कृषि बालीले ढाकेको क्षेत्र २.१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको २०७९/८० को अर्ध वार्षिक प्रतिवदेनले प्रमुख कृषि बालीले ढाकेको भू क्षेत्र घटेको देखाएको हो ।

प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलपूmल तथा मसला) को बालीले ढाकेको भू क्षेत्र घटेपनि उत्पादन भने बढेको देखाएको छ । यसको उत्पादन ४.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

फलफूल र मसलाको उत्पादन घटेको छ भने खाद्य तथा अन्य बाली र तरकारी तथा बागबानीको उत्पादन भने बढेको छ ।

फलफूल र मसलाको उत्पादन क्रमशः ५.२ प्रतिशत र ८.४ प्रतिशतले घटेको भने खाद्य तथा अन्य बालीको उत्पादन ५.७ प्रतिशत तरकारी तथा बागबानीको उत्पादन ४.५ प्रतिशतले बढेका राष्ट बैंकले जनाएको छ ।

यस्तै, राष्ट्र बैंकको तथ्यांक अनुसार पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन १.४ प्रतिशत र मासु उत्पादन १.७ प्रतिशतले वृद्धि भएको छ ।

समिक्षा अवधिमा अण्डा उत्पादन २६.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । वनजन्य उत्पादन अन्तर्गत काठ उत्पादन १६.२३ प्रतिशत र औषधिजन्य वस्तुको उत्पादन ७.४ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।