अतिरिक्त हुलाक खारेजको निर्णय विरुद्ध माइतीघरमा प्रदर्शन (फाेटाेफिचर)


काठमाडौँ । अतिरिक्त हुलाकका कर्मचारीहरुले सरकारको निर्णयविरुद्ध बुधवार बबरमहलदेखि माइतीघरसम्म प्रदर्शन गरेका छन् । अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु प्रदर्शनमा उत्रिएका हुन् ।


अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गरी हुलाक कर्मचारीहरुको रोजगार सुनिश्चित गर्नु पर्ने, हुलाकको संरचना खारेज नभइ सेवा पुनःसंरचना गर्नु पर्ने र हुलाक सेवा खारेज गर्ने निर्णय त्तकाल फिर्ता लिनु पर्ने लगायतका माग उनीहरुले गरेका छन् ।

शब्द/तस्बिरः पुष्पा पाल