‘विनियोजन विधेयक, २०८०’ राष्ट्रिय सभामा प्रस्तुत


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन् ।

आज बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री महतले ‘विनियोजन विधेयक, २०८०’ पेश गरेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धि अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक राष्ट्रियसभामा पनि पेश गर्नु परेको अर्थमन्त्री महतले स्पष्ट पारे ।

उनले भने,“आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धि अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक पेश गर्नु परेको हो ।”