ललिता निवासको जग्गा तारबार गर्दै काठमाडौं महानगरपालिका


काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा तारबार गर्न बालुवाटार पुगेको छ ।

बालुवाटारमा रहेको ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार गर्न महानगरको नगरप्रहरीको टोली बालुवाटार पुगेको हो ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि तारबार गर्न लागिएको हो ।