तोलामा २०० रुपैयाँ बढ्यो सुन, कति छ आजको मूल्य ?


काठमाडौँ । वुधबार नेपाली बजारमा सुनको मूल्य तोलाको २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ बढेर तोलाको एक लाख १० हजार ६०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलाको १३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज वुधबार तोलाको ५ रुपैयाँ बढेर प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ ।