कुमारी बैंक र वल्र्ड लिंकबिच सम्झौता


काठमाडौँ । कुमारी बैंक लिमिटेड र वल्र्ड लिंक कम्युनिकेसनबिच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई वल्र्ड लिंकका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरमध्ये वल्र्ड लिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरूले ५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यो छुट प्राप्त गर्न लाई ग्राहकहरुले आफ्नो कुमारी स्मार्ट मोबाइल बैंकिङ एप वा आफ्नो कुमारी बैंक को डेबिटरक्रेडिट कार्ड बाट भुक्तानी गर्नुपर्ने छ।

आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत वल्र्डलिंक कम्युनिकेसनको सुविधामा छुट मिल्ने व्यवस्था मिलाएको उल्लेख गरेको छ।