साउन ४ गतेदेखि प्रतिकित्ता ५० रुपैयाँमा आइपीओ जारी गर्दै हाथवे इन्भेष्टमेन्ट


काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले आगामी साउन ४ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आउँदो साउन ४ गतेदेखी आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने जनाएको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्न लागेको हो।

यो आईपीओमा रोजगारीको लागि विदेश गएका नेपालीले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द साउन १८ गते बैंकिङ बैंकिङ समयपछि हुनेछ।

कम्पनीले उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।