नागरिक लगानी कोषको संचालकमा सुरेश प्रसाद खत्री निर्वाचित


काठमाडौँ । नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८ औं बार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत समेत रहेका खत्री बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट ३ बर्षका लागि संचालकमा निर्वाचित भएका हुन् ।