धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स


काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ।

बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले थप ११ वटा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या २९ पुगेको छ। बोर्डले लाइसेन्स प्रदान गरेका ११ वटै नयाँ कम्पनीहरु सिमति कार्य गर्ने धितोपत्र दलाल रहेको प्रवक्ता श्रेष्ठले बताए ।

बोर्डले मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाशभैरव सेक्युरिटी, पाही इन्भेस्टमेन्ट, एसपीएसए सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लुचिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज छन्।

यसअघि सेबोनले ४३ कम्पनीहरुलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको थियो । अब आशय पत्र पाएका १४ कम्पनी लाइसेन्स पाउने पाउने प्रतिक्षामा छन् ।

बोर्डले लाइसेन्स प्रदान गरेका १८ वटा कम्पनी मध्ये ७ कम्पनीले नेपाल स्टक एक्सचेन्जबाट कारोबार सदस्यता लिई सेवा सञ्चालन गरिसकेका छन् ।