राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित


काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको छ।

आज बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेको हो ।

सञ्चालक समितिबाट पारित भएपछि राष्ट्र बैंकले वेभसाइट मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।