५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशत


काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मकोे सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भारको व्यवस्था गरेको छ।

शुक्रबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र सोभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भारको व्यवस्था गरेको थियो।

नयाँ निर्देशनमार्फत राष्ट्र बैंकले ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा भने १५० प्रतिशतको जोखिम भारको व्यवस्था गरेको छ।