केन्द्रीय समिति बैठक माओवादी केन्द्रले लाइभ गर्ने


काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ ।

पार्टी केन्द्रीय समिति बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको जनाएको छ ।

नेकपा माओवादी केन्द्रले १७ गतेदेखि पार्टी केन्द्रीय समिति बैठक बस्दैछ ।

यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।