नेपाल चामल तेल–दाल उद्योग संघको नयाँ कार्य समिति निर्विरोध चयन


काठमाडौँ । नेपाल चामल तेल–दाल उद्योग संघको नयाँ कार्य समिति निर्विरोध चयन भएको छ । काठमाण्डाँैमा सम्पन्न भएको ४४ औं वार्षिक साधारण सभाले कुमुद कुमार दुगडको अध्यक्षतामा आगामी २ बर्षको लागि नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।

उनले २ कार्यकाल संघको अध्यक्ष भई नेतृत्व गरिसकेका छन् । निर्विरोध निर्वाचित हुनेमा अध्यक्षः कुमुद कुमार दुगड, निवर्तमान अध्यक्षः डा. सुबोध कुमार गुप्ता, प्रथम उपाध्यक्षः राम थापा, द्वितिय उपाध्यक्षः राहुल अग्रवाल, महासचिवः दिपक कुमार पौडेल, उप–महासचिवः धिरज गोल्छा, कोषाध्यक्षः रतन लाल केडिया लगायतको कार्यसमिति चयन भएको छ ।