काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, बचत फिर्ता गराइदिन माग (तस्वीरहरू)


काठमाडौँ । सहकारी पीडितहरूले आज (बिहिबार) माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । पिडितहरूले आफूले बचत गरेकाे रकम फिर्ताकाे माग राख्दै प्रदर्शन गरेका हुन् ।

बचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । बानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेत्रमा प्रदर्शन गर्न रोकेको थियाे ।

केहीबेर प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल पनि भयो र धकेलाधकेल हुदाँ केही प्रदर्शनकारी घाइते पनि भएका छन । लामो समयदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका उनीहरूले आफनो वचत फिर्ताको मार्ग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।