नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न


काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. कोे ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ” सम्पन्न भएको छ । ‘शिफ्टिङ द पाराडाइम २०८०÷८१’ नाराका साथ बार्षिक सम्मेलन सम्पन्न भएको हो ।

कम्पनीले आ.व. २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो । कम्पनीको व्यवसाय सँग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

२०८० श्रावण १८ गते देखी २१ गते सम्म सम्पन्न गरिएको उक्त सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको जनाइएको छ ।

सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा व्यवसाय दिन–प्रतिदिन प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको परिप्रेक्षमा आफ्नो कार्यदक्षता र मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनी माथि आएको बताए ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक श्री हृदयेश्वर पंडितले सम्पत्ति शुद्धिकरण तथा आंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धमा प्रशिक्षण दिएका थिए ।