धितोपत्र बोर्डले दियो थप ३ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स


काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। बोर्ड सञ्चालक समितिको साउन २४ गते बसेको बैठकले थप ३ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज छन्। यी ३ वटै कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लाइसेन्स पाएका छन्।

बोर्डबाट लाईसेन्स पाएसंगै अब उनीहरुले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट कारोबार सदस्यता र सिडीएससीबाट राफसाफ सदस्यता लिएसंगै नियमित सेयर कारोबार गर्न सक्ने छन् ।

योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३२ पुगेको छ। यसअघि २९ वटा नयाँ कम्पनीले सेबोनबाट ब्रोकर लाइसेन्स पाइसकेका छन्। ती मध्ये १८ वटा कम्पनीले कारोबार सदस्यता पाइसकेका छन् ।

बोर्डले आशयपत्र प्रदान गरेका ४३ कम्पनीहरु अब १२ वटा कम्पनी ब्रोकर लाइसेन्सको पर्खाइमा छन्।