शिवम् सिमेन्ट्सको नाफा ५६.२१ प्रतिशतले घट्यो


काठमाडौँ । आर्थिक वर्ष २०७९ ८० मा शिवम् सिमेन्ट्स लिमिटेडको नाफा ५६.२१ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८ ७९ मा ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६.८७ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १५.७० रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने. जगेडा कोषमा ३ अर्ब ७१ करोड रूपैयाँ रहेको छ ।