सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नाफा ४६ प्रतिशतले घट्यो


काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको मुनाफामा ४६ प्रतिशतले गिरावट आएको छ ।

आर्थिक वर्ष २०७८–७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले३६ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ६८ करोड १५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय २६.९५ प्रतिशतले घटेर ८७ करोड ८३ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीको यस्तो आम्दानी १ अर्ब २० करोड रुपैयाँ रहेको थियो।

कम्पनीले बीमा कोषको आकार भने १४.२१ प्रतिशतले बढाएर २ अर्ब ५० करोड रुपैयाँ सञ्चित गर्न सफल भएको छ। जगेडा कोषको आकारसमेत २६.१२ प्रतिशतले बढेर कोषमा ८९ करोड ५६ लाख रुपैयाँ सञ्चिति रहेको छ। त्यस्तै कम्पनीको महाविपत्ति कोषको आकार भने १३ करोड ८० लाख रुपैयाँमा झरेको छ । ।

आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब १४ करोड ६ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको छ भने बीमा दाबी भुक्तानी ७९ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ।

चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको सिद्धार्थ प्रिमियरको कुल २ लाख ७ हजार ५९५ बीमालेख संख्या रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १८.८४ रुपैया, पीइ रेसियो० ४१.३१ गुणा र प्रतिसेयर नेटवर्थ २२५.९१ रुपैयाँ रहेको छ ।