‘देशको प्राकृतिक स्रोत साधनको प्रयोग गरेर आत्मनिर्भर हुनुपर्छ’


काठमाडौँ । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले देशको प्राकृतिक स्रोत साधनको प्रयोग गरेर आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कर्मशले अतिकम विकसीत मुलुकबाट नेपालको सहजस्तरोन्नती एवम् व्यावसायीक क्षेत्रको सम्बर्धन तथा सुदृढीकरणका लागि आगामी सोह्रो योजनाको तयारी शिलशिलामा गरेको अन्र्तक्रिया कार्यक्रममा नेपालकै प्राकृतिक स्रोत साधन प्रयोग गरेर देश आत्मनिर्भर हुनुपर्ने गर्ने योजना बनाउनुपर्ने बताएका हुन् ।

“नेपालमै धेरै प्राकृतिक स्रोत साधन भएकोले यहिँको प्रयोग गर्ने गरी योजना बनाउनुपर्छ । यसले देशमा रोजगारी पनि सिर्जना हुने र देशको आर्थिक उन्नती पनि हुन्छ,” उनले भने ।

उनले सरकार परिवर्तन हुने वित्तीकै योजना आयोगको उपाध्यक्ष पनि परिवर्तन गर्ने अभ्यास रहेका कारण यसले राम्रो प्रतिफल नदिने उनले बताए ।

उनले भने, “सरकार परिवर्तन हुने वित्तीकै योजना आयोगको उपाध्यक्ष परिवर्तन हुने अवस्था छ । यसले प्रतिफल दिँदैन । यसको लागि सरकारसँग छलफल पनि गर्छौ । राख्ने परिवर्तन गरिरहनु हुँदैन ।”

उनले सरकारले ल्याएको बजेट र योजना आयोगको लक्ष्य मिल्ने गरी बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् ।

Skip This