नेप्सेमा दुई विकास बैंकको २० लाख इकाई ऋणपत्र सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईवटा विकास बैंकको ऋणपत्र सूचिकृत भएका छन् । बुधबार महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंककाको २० लाख इकाइृ ऋणपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ र लुम्बिनीको ‘एलबीबीएल डिबेन्चर–२०८९’ सूचीकृत भएका छन्।

महालक्ष्मीको १ हजार अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।

यसैगरी लुम्बिनीको १ हजार अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। यो पनि १० वर्षे अवधिको ऋणपत्र हो। यसमा पनि लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।