काठमाडौँ । दसैंतिहार जस्ता चाडपर्वको अवसर पारेर अनर नेपालले उपहार कार्यक्रम सार्वजनिक गरेको छ ।
‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’ अभियानमार्फत उत्सवलाई अझ रोमाञ्चक, पुरस्कारमय र अविस्मरणीय बनाउने भन्दै अनर नेपालले उपहार अभियान सार्वजनिक गरेको हो ।
‘पर्वको खुसीलाई तीन गुणा बढाउने’ भन्दै सार्वजनिक गरिएको अभियानअन्तर्गत ग्राहकहरूले अनर एक्स–सेभेन–ई एक्टिभ इयरबड्स, अनर वाच टु प्रो लगायतका आकर्षक उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । साथै, आठ जना भाग्यशाली विजेताले थाइल्यान्ड भ्रमण गर्ने अवसर समेत प्राप्त गर्नेछन् । अभियान २०८३ असोज १८ गतेदेखि मंसिर २९ गतेसम्म (अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६) सञ्चालन हुने अनर नेपालले जनाएको छ ।
अभियानअन्तर्गत योग्य अनर स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकहरूले विभिन्न पुरस्कार योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
यस क्रममा हरेक दिन १० जना भाग्यशाली विजेताले अनर एक्स–सेभेन–ई एक्टिभ इयरबड्स जित्नेछन् । त्यसैगरी, हरेक दिन तीन जना भाग्यशाली विजेताले अनर वाच टु प्रो जित्ने अवसर पाउनेछन्, जसमा आधुनिक शैली, स्मार्ट सुविधाहरू तथा दैनिक उपयोगका विशेषता समेटिएका छन् ।
पर्वको उत्साह यतिमै सीमित रहने छैन । आठ जना भाग्यशाली विजेताले थाइल्यान्ड भ्रमणको अवसर समेत जित्नेछन् । यसले विजेताहरूलाई पर्वको अवसरमा नयाँ गन्तव्यको भ्रमण गर्दै अविस्मरणीय अनुभव बटुल्ने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ ।
यस अभियानमा सहभागी हुन ग्राहकहरूले अनर स्मार्टफोन वा ट्याब्लेट खरिद गरी ३५००१ नम्बरमा ‘HONOR’ स्पेस आइएमइआई नम्बर वा सिरियल नम्बर” लेखी एसएमएस पठाउनुपर्नेछ ।
तीन आकर्षक पुरस्कार श्रेणी, अभियान अवधिभर निरन्तर विजेता छनोट तथा विशेष उपहार योजनासहित अनरले यस पर्वलाई आफ्ना ग्राहकका लागि अझ विशेष र स्मरणीय बनाउने लक्ष्य राखेको छ ।
आधुनिक प्रविधिसँगै ग्राहकलाई अर्थपूर्ण र रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई यस अभियानले थप सुदृढ बनाउने विश्वास गरिएको छ । साथै, हरेक खरिदलाई उत्साह र आश्चर्यसँग जोड्दै पर्वलाई अझ खुसीमय बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्