आज कृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइयाे (फाेटाेफिचर)


काठमाडौँ । आज भगवान कृष्णको जम्मिएको दिन, कृष्णाष्टमी मनाइएकाे छ । वैदिक अनुयायीहरूले प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइने गरिन्छ ।

हिन्दु धर्मावलम्वी तथा कृष्णका भक्तजनले मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट आजैका दिन जम्निएको दिन भएकाले विशेष दिनका रूपमा मनाउने गर्दछन्।

काठमाडौँको पाटन कृष्णमन्दिरमा आज भक्तजनको विशेष घुँइचो रहेकाे थियाे । बुढानिलकण्ठस्थित इस्कोनदेखि देशभर कृष्णको प्रतिमामा पूराअर्चना गर्दै मनाइने प्रचलन रहेको छ ।

कृष्णलाइ राधा कृष्णको प्रेमको प्रतिकका रूपमा, चकचके वालकको रूपमा पनि स्मरण गर्ने गरिन्छ ।

महाभारत युद्धमा पाण्डपलाइ सघाएका कृष्णलाइ चतुर, कुटनीतिक र पराक्रमी पात्रका रूपमा पनि लिने गरिन्छ ।

कृष्णलाइ माया गरेर विभिन्न नामले सम्बोधन गर्ने गरिन्छ । गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि नामबाट बोलाइन्छ। संकटबाट मुक्ति दिलाउने पात्रका रूपमा पनि कृष्णलाइ स्मरण गर्ने गरिन्छ ।

श्री भद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन्, “यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत, अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्” अर्थात्, “जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ, तब तब धर्मको रक्षाका लागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछु।”