व्यापारीक हब न्यूराेड तथा महाबाैद्धका सटर धमाधम खाली हुँदै (फाेटाेफिचर)


काठमाडौँ । आर्थिक मन्दीका कारण पछिल्लो समय मुख्य व्यापारिक क्षेत्र केन्द्रमा सटर,गोदाम र घरहरु खाली हुन थालेका छन् । व्यापारीक हब मानिने न्यूराेड तथा महाबाैद्धका सटर धमाधम खाली हुँदै गउकाे देख्न सकिन्छ ।

लत्ताकपडा किनमेल गर्नेको सधैं भीडभाड हुने न्युरोड, महाबैद्ध, असन लगायत धेरै प्रमुख व्यपारिक क्षेत्रमाहरु अहिले  सटर, घरहरु खाली देखिन्छन्  । खाली सटर पाउनै मुस्कील हुने न्युरोड क्षेत्रमा अहिले धेरै जस्तो टु लेट लेखिएको धेरै ब्यानहरू देखिन्छन्, घरहरु खालि भेटिन्छन् । भएका सटरहरुमा पनि व्यापार न्यून रहेकाे व्यापारीहरूकाे भनाइछ । 

अर्थतन्त्र सुस्ताएको छ, अर्थिक मन्दीका कारण व्यापार व्यवसायमा निकै कमी आएका छन् । पछिल्लो समय देशभर आर्थिक गतिविधि सुस्त हुनुका साथै बैंकको व्याजदर बढ्नु र भन्सार बढ्नु  लगायतका कारणले गर्दा सटर हरु खाली हुन थालेका छन् । रत्न प्लाजा लगायतका थुप्रै सटरहरु बन्द देखिन थालेका छन् । 

शब्द/तस्बिरः पुष्पा पाल