काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ । राष्ट्र बैंकले ८ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी नविकरणको लागि आजै बोलकबोल गर्ने भएको छ ।
९१ दिनको यो बिल आगामी मंसिर २६ गते परिपक्क हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल आज भदौ २५ गते, सोमबार दिउँसो ३ बजे बोलकबोल भएर भोलि भदौ २६ गते, मंगलबार बिक्री हुने छ ।
यो ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्