टर्कीश पर्फ्युम ब्रान्ड निशनेको ‘एक्स कलेक्सन’ नेपालमा


काठमाडौं । नेपालमा टर्कीश पर्फ्युम ब्रान्ड निशनेका उत्पादनहरुको विक्री सुरु भएको छ । नेपाली बजारमा ब्रान्डेड पर्फ्युमहरु बिक्री गर्दै आइरहेको इना सेन्टरले निशने ब्राण्डका पर्फ्युमहरु भित्र्याएको हो ।

पूर्वमन्त्री तथा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले निशने एक्स कलेक्सनको उद्घाटन गरेका छन् ।

निशने ब्राण्डका पर्फ्युम टर्कीमा उत्पादन हुन्छन् भने इना सेन्टरले यसका विभिन्न भेरियन्टहरु नेपालमा भित्र्याएको हो ।

इना सेन्टरले नेपालमा ३० वर्षदेखि अन्तरराष्ट्रिय ख्याति प्राप्त ब्राण्डका पर्फ्युमहरु आयात तथा विक्री वितरण गर्दै आएको जनाएको छ ।

इना सेन्टरका न्यूरोड, सिभिल मल, दरबार मल तथा बबरमहल रिभिजिटेडमा रहेको शोरुमबाट निशने ब्राण्डका पर्फ्युम बिक्री हुने इना सेन्टरका प्रवन्ध निर्देशक उद्धव वर्तौलाले जानकारी दिए ।

इनाले हाल क्लिभ क्रिष्टियन, लिक्विड्स इमेजिनरिज, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत ब्राण्डका पर्फ्युमहरू बिक्री गर्दै आइरहेको छ ।

निशने छोटो समयमा स्थापित टर्कीश ब्राण्ड हो । यो ब्रान्डका पर्फ्युमहरु विश्वका सर्वाधिक बिक्री हुने पाँच उत्कृष्ठ पर्फ्युममध्येको सूचीमा पर्दछन् ।

निशनेका उत्पादनहरुमध्ये उत्कृष्ट पाँच ब्राण्डहरु ह्यासिभ्याट, हन्ड्रेड साइलेन्ट वेज, एनी एक्स, फ्यान योर फ्लेम्स, वुलोङ चा इना सेन्टरको एक्स कलेक्सनमा उपलब्ध छन् ।

निशनेका प्रत्येक नयाँ संस्करणहरुमा मौलिक सुगन्धको मुख्य विशेषताहरू रहने जनाइएको छ ।