नेपाल माइक्रो इन्स्योरेन्सद्वारा शाखा विस्तार सुरु,पहिलो शाखा नेपालगञ्जमा


बाँके । नेपाल माइक्रो इन्स्योरेन्सले शाखा विस्तार सुरु गरेको छ ।

नेपाल माइक्रोले पहिलो शाखा कार्यालय बाँकेको नेपालगञ्जमा खोलेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिगेन्द्र रिमालले शाखाको उद्घाटन गरे ।

नेपाल माइक्रोले गत असार २८ गतेदेखि व्यवसायिक कारोबारको शुरु गरेको थियो । चितवनको भरतपुर केन्द्रीय कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र रहेको नेपालगञ्जमा शाखा खोल्दै आफ्नो सेवा विस्तार गरेको छ ।

नेपाल बिमा प्राधिकरणले मुलुकको सातै प्रदेशमा संचालन हुने गरि ७ वटा कम्पनीलाई लघुबिमा सञ्चालनका लागि आशय पत्र दिएको थियो । नेपाल माइक्रोले चितवनको भरतपुर केन्द्रीय कार्यालय रहने गरी अनुमति पाएको थियो ।

कृषि विकास बैंकमा लामो समय काम गरेका रिमाल नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सिइओमा नियुक्त भएका थिए ।

कारोबार सुरु गरेको साढे २ महिनामै सिइओ रिमालले शाखा विस्तारलाई अगाडि बढाएका छन् । सिइओ रिमालले भने,“यो हामीले पहिलो पटक नेपालगञ्जमा शाखा विस्तार गरेका छौँ । यो क्रमलाई हामी थप विस्तार गछौँ ।”