काठमाडौँ । नागरिक उड्यन प्राधिकरणले मनाङ एअरको एअर अपरेसन सर्टिफिकेट(एओसी) निलम्बन गरेको छ ।
आज बिहान मनाङ एअरको नाइन एन-एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएपछि अर्को सूचना जारी नभएसम्मका लागि मनाङ एअरको एओसी निलम्बन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न ४ सदस्यीय कमिटी समेत गठन गरेको छ ।
मनाङ एयरको हेलिकप्टर बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।
बिहान ७ः१३ मिनेटमा रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको थियो ।
हेलिकप्टरमा यात्रु थिएनन् भने पाइलट प्रकाश सेढाई घाइते भएका थिए । हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा पल्टिएको मनाङ एअरको भनाई छ ।
यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर असार २६ गते दुर्घटना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्