आज पनि दसैंको टीका र जमरा लगाइँदै


काठमाडौँ ।आज पनि दसैंको टीका र जमरा लगाइँदै छ। मंगलबार शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जान्छन्। यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ।

नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो ।

टाढा रहेका आफन्त तथा मान्यजनहरु कहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशिर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरूको चहलपहल जारी छ ।