रोटरी क्लब अफ कपन ८ औं वर्षमा प्रवेश


काठमाडौँ । रोटरी क्लब अफ कपनले आफ्नो ८ औं चार्टर डे मनाएको छ । काठमाडौँमा कार्यक्रम गरेर क्लबको आफ्नो स्थापना दिवस मनाएको सचिव प्रल्हाद दाहालले जानकारी दिए ।

कार्यक्रममा रोटरी क्लब अफ पशुपतिका अध्यक्ष सूर्य बहादुर अधिकारी प्रमुख आतिथिका रुपमा रहेका थिए । कार्यक्रममा चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, निवर्तमान प्रेसिडेन्ट कृष्णादेवी मुनिकार,पूर्व अध्यक्षहरू डा.तेज बहादुर रोक्का, शिवहरि खनाल, राजु लामा, मनोज कुमार घिमिरेको उपस्थिति रहेको थियो ।

प्रेसिडेन्ट शुचिता काफ्लेले दसैँको व्यस्थ समयकाबिच पनि स्थापना दिवस मनाउन पाउँदा खुशी लागेको बताइन् । उनले क्लबलाई थप सक्रिय बनाउने र यसमा सबै सदस्यहरुको साथ रहने विश्वास व्यक्त गरिन् ।