प्याजको मूल्य बढेपछि निर्यात नियन्त्रण गर्दै भारत


काठमाडौं । भारतको आन्तरिक बजारमा प्याजको मूल्य उच्च वृद्धि भएपछि भारत सरकारले मूल्य नियन्त्रण गर्न निर्यात नियन्त्रण गर्ने भएको छ । भारत सरकारले शनिबार एक सूचना जारी गर्दै प्याज निर्यातमा भन्सार शुल्क लगाउने निर्णय गरेको छ ।
भारतीय विदेश व्यापार निर्देशनालयका अनुसार प्याज निर्यातमा प्रतिटन ६६ हजार ७३० रुपैयाँ भन्सार लगाएको छ ।
सरकारले आज असोज २८ गते शनिबार प्याज निर्यातमा प्रतिटन ६६ हजार ७३० रुपैयाँका दरले न्यूनतम निर्यात मूल्य निर्धारण गरेको छ ।
निकासीमा भन्सारको यो नयाँ नियम भोलिदेखि अर्थात अक्टोबर २९ देखि ३१ डिसेम्बर २०२३ सम्म लागू निर्देशनालयले जनाएको छ ।
राजधानी दिल्लीमा पछिल्लो एक हप्तामा प्याजको मूल्य झण्डै दोब्बर भएको छ । यहाँ विभिन्न बजारमा प्याजको खुद्रा मूल्य प्रतिकिलो ७५ रुपैयाँ पुगेको भारतीय सञ्ंचारमाध्यामले जनाएका छन।
भारतको कदमले आन्तरिक मूल्य निणन्त्रणमा मद्दत गर्ने देखिएपनि अन्य एसियाली देशहरुमा भने प्याजको मूल्य वृद्धि हुने देखिन्छ ।