संघीय संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय


काठमाडौँ । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।